‘डिजिटल’ आन्दोलन : माइतीघर मण्डलाभन्दा सशक्त

 बैशाख २३, २०७६ सोमबार १२:१२:४६ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ – केही दिनअघि सञ्चारमाध्ययममा काठमाण्डौ महानगरपालिकामा रहेको खुलामञ्च अतिक्रमण भएको र गैरकानुनी रुपमा व्यवसायिक सटर निर्माण गरिएका खबर प्रकाशन तथा प्रसारण भयो । समाचार बाहिर आएलगत्तै खुलामञ्चको  विषयले सामाजिक सञ्जालमा प्रवेश पायो । 

विषयले प्रवेश मात्र पाएन, केही घण्टा नबित्दै सामाजिक सञ्जालमा खुलामञ्च अतिक्रमणको विषय ‘भाइरल’ नै हुन पुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले स्टाटस, कमेन्ट, कविता, टुक्का, व्यंग्य, कार्टुन आदिका माध्यमबाट विरोध जनाए । अझ भनौं सशक्त विरोध जनाए । 

जसका कारण सरकार र काठमाण्डौ महानगरपालिकाले महिनौं नदेखेको वा नदेखेझैं गरेको विषयमा सोच्न बाध्य भयो ।  केही घण्टा नबित्दै गैरकानूनी रुपमा बनाइएका सटरहरुमा डोजर लगाइयो । सही गलत न्याय र अन्याय त भोलि अदालतले छुट्याउला तर खुलामञ्चका  सटर हटाउन आन्दोलन सफल भयो । यो सामाजिक सञ्जालमा गरिएको आन्दोलनको प्रभावको एक उदाहरण थियो ।

 आजसम्म सामाजिक सञ्जालमा उठाइएका र चलाइएका थुप्रै अभियानले सानातिनादेखि राष्ट्रिय महत्वका ठूला–ठूला विषयमा सरकारलाई झकझक्याउनेदेखि समयमै सचेत बनाउने कार्य गरेको छ । 

यो बाहेक पनि शेरबहादुर देउवा सरकारको पालामा सञ्चारमाध्यममा उहाँले देखाएको असहज व्यवहार, सुशीला कार्की महाअभियोग प्रकरण, कृषि मन्त्री हरि पराजुली र कानूनमन्त्री शेरबहादुर.तामाङको राजीनामा, डा गोविन्द केसीको अनशन, निर्मला बलात्कार र हत्या काण्ड, पछिल्लो समयका पशुपति शर्माको गीत, माइतीघर मण्डलामा आन्दोलन गर्न बन्देज लगाउने सरकारको निर्णय लगायतका विषयमा सामाजिक सञ्चालमा गरिएका आन्दोलनको निकै प्रभाव देखियो । 

यसबाहेक बाहेक पनि आजसम्म सामाजिक सञ्जालमा उठाइएका र चलाइएका थुप्रै अभियानले सानातिनादेखि राष्ट्रिय महत्वका ठूला–ठूला विषयमा सरकारलाई झकझक्याउनेदेखि समयमै सचेत बनाउने कार्य गरेको छ । 

लोकतन्त्रमा नागरिकको स्थान सबैभन्दा उच्च रहन्छ । कुनै पनि सरकार वा नेतृत्वले नागरिक हित र जनचाहना विपरित कुनै पनि कार्य गर्छ भने भोलि त्यही  कार्य त्यो सरकार र नेतृत्वको निम्ति पतनको बाटो बन्न सक्दछ ।

यदि कुनै कार्यमा नागरिकको समर्थन र सहयोग छ भने त्यो कार्य सफल र दीगो हुन्छ । यसरी कुनै पनि कार्यप्रति नागरिकको समर्थन वा विरोध के छ थाहा पाउनसमेत सरकारले सामाजिक सञ्जालको सदुपयोग गर्न सक्दछ । जसबाट सरकारले समयमै आफ्नो नीति र कामहरुलाई सुधार्ने मौका पाउँदछ । यी सबै भूमिका सामाजिक सञ्जालले  कुशलतापुर्वक निर्वाह गरेको छ । यद्यपि केही सुधारका पक्षहरु बाँकी नै छन् । 

घर बसेरै आन्दोलन 

हिजोसम्म आन्दोलन भन्ने बित्तिक्कै बन्द, चक्काजाम, टायर बाल्ने र सडकमा नाराबाजी गर्ने भन्ने बुझिन्थ्यो । व्यवस्था परिवर्तन र अधिकार प्राप्तिको लडाईंमा तत्कालीन आन्दोलनरत पक्षले अपनाएका आन्दोलनका तरिकाहरु शायद त्यो समय र परिस्थितिको लागि उपयुक्त थिए होलान् ।

आज त्यो सबै आन्दोलन घरभित्रै बसेर आफ्नो उपकरणमा एक हातको औँलाको मद्धतले गर्न सकिन्छ ।

तर आज समयसँगै विरोध र आन्दोलनका स्वरुपहरुसमेत बदलिएका छन् । पहिले विरोध गर्न सरकार र सम्बन्धित निकायले सुन्नेगरी उसैको नजिक गएर चिच्याउनु पर्थ्याे ।

तर आज त्यो सबै आन्दोलन घरभित्रै बसेर आफ्नो उपकरणमा एक हातको औँलाको मद्धतले गर्न सकिन्छ । सानो उपकरणको माध्यमबाट घरमै बसेर गरिने आन्दोलन चक्काजाम र चिच्याइ– चिच्याइ गरिने जिन्दावाद, मूर्दावाद भन्दा कम शक्तिशाली छैन ।

सप्तरीको कुनै विषयमा सोलुखुम्बुको नागरिकले जनाएको समर्थन वा विरोध वा कञ्चनपुरकी निर्मला पन्तको न्यायको निम्ति झापामा निकालिएको जुलुस सामाजिक सञ्जालमा आन्दोलनकै प्रभाव हो । यसका साथै नागरिक चेतना अभिवृद्धि गर्ने र नागरिकमा  राष्ट्रियताको भाव पैदा गर्नसमेत  सामाजिक सञ्जाल निकै उपयोगी देखिएको छ ।   

दुरुपयोग पनि उस्तै

सामाजिक सञ्जालले सामाजिक आन्दोलन र नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि यसका केही नकारात्मक पक्षहरुसमेत छन् ।

सानातिना कुरामा समेत सर्वसाधारणहरुमा भ्रम सिर्जना हुने, खराब मनसायका व्यक्तिहरुले आफ्नो स्वार्थपूर्तिको लागि समाजमा कलह र द्वेष फैलाउन सक्ने जस्ता जोखिमहरु पनि रहेका छन् ।

यसका अलावा विषयको गहिराइ नबुझी सामाजिक सञ्जालमा कसैले कुनै कुरा लेखेकै भरमा त्यसैको पछि लाग्दा र आफ्नो धारणा बनाउँदा कसैको ब्यक्तिगत चरित्रमा आँच आउनेदेखि व्यक्तिगत स्वतन्त्रतामासमेत कहीँकतै चुनौति सिर्जना गरेको अनुभूति हुन्छ । 

सामाजिक सञ्जाल सामाजिक र राजनीतिक आन्दोलनको एक प्रभावकारी र समय सापेक्ष माध्यम हो भन्ने कुरामा दुई मत नभए पनि यसको गलत प्रयोगले राष्ट्रिय तथा सामाजिक सुरक्षा र सामाजिक सद्भावमा कुनै खलल पर्ने छैन भन्ने कुरामा भने सबै सचेत हुनु आवश्यक देखिन्छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • dhama paudyal

    May 6, 2019, 2:38 p.m.

    यस्ले हामी नागरिक लाई अलिक अल्छी चाही बनाएको छ । पहिले पहिले म पनि आन्दोलन मा सडक मा जान्थे आजकल ल्याप टप को प्रयोग लाई बृद्धी गरेर बिरोध वा समर्थन जनाउछु । अर्को फाइदा हामी जस्ता बिरामी र बुढा बुढी असक्त ले पनि त्यस्तो अभियान मा स सक्त भाग लिने मौका पाएका छौ र हाम्रो आवाज ले महत्व पनि पाएको छ । न घए पनि त्यस्ता गलत निती तथा काम लाई एक्स्पोज मात्र भए पनि गरेको छ । उदाहरण हो ३८ कुइन्टल सुन्, निर्मला पन्त प्रकरण्, लगायत धेरै कुरामा प्रत्यक्ष परिणाम न निस्कनु ।

  •  0 Reply

तपाईको प्रतिक्रिया