बेलायती राजकुमार ह्यारी र मेगन बने बाबुआमा

 बैशाख २४, २०७६ मंगलबार ७:१६:३५ | एजेन्सी
unn.prixa.net

बेलायतका राजकुमार ह्यारीलाई सोमबार पुत्रलाभ भएको छ । उहाँकी पत्नी मेगन मार्कलले ‘निकै स्वच्छ’ बालकलाई जन्म दिनुभएको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आफूलाई पुत्रलाभ भएको कुरा राजकुमार ह्यारी आफैँले सञ्चारमाध्यमहरूलाई जानकारी गराएका थिए । सञ्चारमाध्यमहरूका अगाडि निकै हर्षित मुद्रामा देखिएका राजकुमार ह्यारीले आफू साेमबारदेखि पिता भएको बताए । 

उनले आमा र बच्चा दुवै जनाको स्वास्थ्य अवस्था अत्यन्त राम्रो रहेको र पिता भएकोमा आफूलाई नौलो अनुभव भएको पनि जानकारी दिए ।  

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले गएको वर्ष वैवाहिक जीवनमा परिणत गरेका थिए ।  अमेरिकी टेलिभिजनको टेलिशृङ्खलामा काम गर्दा चर्चित भएकी मार्कल परोपकारी कार्यमा संलग्न थिइन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया