अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । ट्वीटरले रिट्वीट गर्दा फोटो तथा भिडियो समेत राख्न सकिने सुविधा ल्याएको हो ।
यसअघि रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा फोटो, जीआईफ तस्बिर तथा भिडियो पनि राख्न सकिन्छ ।
यो सुविधा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् । यो सुविधा छिटै नै डेस्कटपमा पनि उपलब्ध गराइने ट्वीटरले जनाएको छ ।
— Twitter Support (@TwitterSupport) May 6, 2019