‘किक २’ मा दीपिकाले गर्लिन् त ज्याकलिनलाई रिप्लेस ?

 बैशाख २५, २०७६ बुधबार १८:२२:४० | एजेन्सी
unn.prixa.net

दीपिका पादुकोण यतिबेला उनले गरेका रिप्लेसमेन्टका कारण चर्चामा छिन् । हालै अनुराग वासुको फिल्म ‘इमली’ मा उनले अभिनेत्री कंगना रनावतलाई रिप्लेस गरेकी थिइन् ।

अहिले फेरि अभिनेता सलमान खानको ‘किक २’ अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पनि रिप्लेस गर्ने खबरहरु आएका छन् । दीपिकालाई ‘किक २’ का निर्माताहरुले एक महत्वपूर्ण भूमिकाको लागि कुराकानी गरिरहेका छन् । यस अघि ‘किक’ फिल्मको पहिलो भाग साजिद नाडियाडवालाले निर्माण गरेका थिए ।

गत वर्ष उनले ‘किक २’ को निर्माण गर्ने घोषणा गरेका थिए । तर फिल्मको स्क्रिप्ट तयार नभएपछि र सलमान खान पनि व्यस्त भएका कारण फिल्मको काम अगाडि बढ्न सकेन । 

अहिले भने फिल्मको स्क्रिप्ट तयार भइसकेको छ, तसर्थ साजिद र सलमान खान छिट्टै नै यस फिल्मको लागि अभिनेत्री फाइनल गर्नेछन् । यही क्रममा दीपिका पादुकोणलाई यस फिल्मका लागि प्रस्ताव  गरिएको हो । 

यस फिल्मको पहिलो भागका लागि पनि दीपिकालाई नै प्रस्ताव गरिएको थियो । तर दीपिकाले समय अभावका कारण उक्त फिल्ममा काम गरेकी थिइनन् । सलमान खानको आगामी फिल्म ‘इन्शाअल्लाह’ का लागि पनि दीपिकाको चर्चा भएको थियो तर पछि आलिया भट्ट यस फिल्मका लागि फाइनल भएकी छिन् ।

दीपिकाले ज्याकलिनलाई रिप्लेस गर्ने खबर आइरहेका बेला फिल्ममा दीपिका र ज्याकलिन दुवै रहन सक्ने पनि चर्चा भइरहेको छ । तर दीपिकाको भूमिका फिल्ममा दमदार हुने बताइएको छ । दीपिका र ज्यालिनले यसअघि फिल्म ‘रेस २’ मा एकसाथ काम गरिसकेका छन् । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया