रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते

 बैशाख २७, २०७६ शुक्रबार ११:२६:३९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् । 

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका  ४ महिने  छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।  

बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो । 

उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया