प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिकाको घाँटी रेटी हत्या

 बैशाख ३०, २०७६ सोमबार १७:३६:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

प्रतिकात्मक तस्बिर

पाँचथर - हिलिहाङ गाउँपालिका-४, पञ्चमीमा आइतबार साँझ घाँटी रेटी हत्या गरिएकी शीतल योङहाङको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

घटनामा संलग्न भएका फाल्गुनन्द गाउपालिका २ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनी फिदिम नगरपालिका २ को पल्लोटारबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका बाँस्तोलाले आफू र शीतलको प्रेमीले उनको हत्या गरेको स्वीकार गरेका छन् । दुई जना मिलेर शीतलको हत्या गरेको, हत्यामा संलग्न एकजना पक्राउ परेको र घटनामा संलग्न अर्का एकजना फरार रहेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

घटनामा संलग्न भएका अन्दाजी २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दियो । फरार रहेका तामाङकै योजनामा शीतलको हत्या गरिएको पक्राउ परेका बाँस्तोलाले प्रहरीसमक्ष बयान दिएका छन् । फरार रहेका तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएको अनुसन्धानमा खुलेको छ ।

तामाङ र शीतलबीचको प्रेम सम्बन्धमा खटपट आएपछि तामाङको साथ लागेर आफू पनि शीतलको हत्या गर्ने उदेश्यले शीतलको गाउँ गएको पक्राउ परेका बाँस्तोलाले बयान दिएका छन् । वैशाख २४ गते घरबाट हत्या गर्न सितलको गाउँ पञ्चमी पुगेका उनीहरुले आइतबार साँझ शीतलको हत्या गरेर सडक छेउमा फालेका थिए ।

आइतबार बिहान १० बजे तामाङ र बाँस्तोलाले शीतललाई भेटेको र उनलाई बेलुका आफूहरुलाई भेट्न आग्रह गरेका थिए । विद्यालयबाट घर फर्किएपछि शीतल उनीहरुलाई भेट्न घर नजिकैको घरमा गएकी थिइन् ।

त्यस ठाँउमा शीतल आएपछि तामाङले शीतललाई बलात्कार गर्न खोजेको र उनी नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बाँस्तोलाले प्रहरीमा बयान दिएका छन् । बाँस्तोलाले आफूले शीतललाई समातेको र तामाङले शीतलको घाँटी रेटेर हत्या गरेकाे बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया