सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको छ: कांग्रेस नेता केसी

 जेठ ४, २०७६ शनिबार १६:४१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता अर्जुन नरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको आरोप लगाउनुभएको छ । 

शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पुर्ण शक्ति र अधिकार आफूमा नीहित गर्नेगरी एकपछि अर्को कानुन बनाउँदै गएको अभिव्यक्ति दिनुभयाे ।

राज्यका सम्पूर्ण सम्वैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरी सरकारले एकपछि अर्को कदम चाल्दै आएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताउनुभयो ।

नेकपाका नेता दिनानाथ शर्माले मिडियासम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उहाँले संविधानको मूल मान्यतालाई पालना गराउन प्रतिबद्ध रहेको भन्दै त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताउनुभयो ।

उहाँले सरकारलाई लोकतन्त्रको मूल्य मान्यताविरुद्ध जान नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया