इलामको छुर्पी भारतदेखि अमेरिकासम्म

 जेठ १४, २०७६ मंगलबार १६:२८:९ | उज्यालो सहकर्मी

गाउँठाउँमा बसेर केही गर्न सकिंदैन भन्ने सोचाइका कारण धेरैजना पसिना बगाउन पराईको देश पुग्छन् । तर इलामका गौतम गुरुङले आफ्नै गाउँमा बसेर मनग्य कमाई गरिरहनुभएको छ ।

पर्यटकीय जिल्ला इलाम पुग्नेले कोसेलीका रुपमा चिया, छुर्पी, खुर्सानी, घिउ लगायतका कोसेली लिएर फर्कन्छन् । यही कुरा बुझेर गौतमले पनि आफ्नै गाउँमा छुर्पी उद्योग खोल्नुभयो । उहाँको उत्पादन देशमा मात्र हैन भारत र अमेरिकासम्म पनि पुग्छ । 

विशेषगरी अमेरिकामा कुकुरको लागि भनेर छुर्पी लैजाने गरिएको उहाँ बताउनुहुन्छ । अमेरिकामा कुकुरका लागि पठाउने र देशभित्रै मानिसले खाने छुर्पी बनाउने तरिका फरक हुन्छ । 

उहाँ माग अनुसारका छुर्पी उत्पादन गर्नुहुन्छ । छुर्पी बनाउनका लागि सहयोग पुग्ने हिसाबले गौतमले गाई फार्म पनि सञ्चालन गर्नुभएको छ । गाई पनि आफैले पाल्दा उद्योगमा आवश्यक पर्ने केही दूध फार्मले धानेको छ । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया