विराटनगरका  व्यापारीले भने: बजेटले विराटनगरलाई न्याय नगरे पनि समग्रमा बजेट अहिलेसम्मकै राम्रो

 जेठ १५, २०७६ बुधबार २१:१४:२९ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - संघीय सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट सार्वजनिक गरिरहँदा विराटनगरका व्यापारी तथा उद्योगीले बजेट स्वदेशी वस्तु उत्पादनलाई न्याय गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्  । सरकारले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटले समग्रमा राम्रो सन्देश दिनेगरी बजेट आएको विराटनगरका व्यापारीले बताएका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले  विराटनगर मात्र नभइ प्रदेश १ नै बजेटको लागि उपेक्षामा परेको प्रतिक्रिया दिनुभयाे । विराटनगर जस्तो राष्ट्रको पहिलो औद्योगिक क्षेत्रलाई न्याय नगरेको उहाँको भनाइ छ ।  त्यस्तै औद्योगिक करिडोरको रुपमा मोरङ–सुनसरीलाई राज्यले तोकेको भएपनि त्यसले व्यवसायी खुसी हुने अवस्था नरहेकोले यो घोषणाले औद्योगिक ग्राम ओझेलममा पर्ने हो कि भन्ने समेत चिन्ता व्यसायीको छ ।

विराटनगर विमानस्थलको स्तरोन्नति गरी ठूला जहाल ल्याण्ड गर्न सक्ने बनाउने भनिए पनि ठोस बजेटको व्यवस्था नभएको  घिमिरेले बताउनुभयाे। घिमिरेले अहिले सरकारबाट घोषणा भएको आयातित सामानको भन्सार करमा वृद्धि तथा निर्यातजन्य वस्तुलाई प्रोत्साहन गर्नुले लामो समयदेखिको व्यवसायीको मागमा राज्यले ध्यान दिएको छ  ।  स्थानीय कपडा उद्योगमा ५ प्रतिशत ब्याज र ५० प्रतिशत बिजुलीमा सहुलियत दिनु सकारात्मक रहेको घिमिरेले प्रतिक्रिया दिनुभयाे ।

सरकारले ल्याएको बजेटबाट आशावादी रहने प्रसस्तै आधार रहेको भएपनि कार्यान्वयनको विषय महत्वपूर्ण रहेको बताउनुभयाे। यो वर्षको  बजेट भाषणबाट भौतिक पूर्वाधारको वारेन्टी पिरियड १ वर्षबाट ५ वर्ष पुर्याइएकोले अब गुणस्तरीय काम हुने आशा लिन सकिने स्पष्ट आधार तय भएको घिमिरेले जानकारी दिनुभयाे । बृद्धभत्ता बृद्धि, कर्मचारी तलब वृद्धि तथा शिक्षा, स्वास्थ्य र उर्जामा राज्यले ठूलो लगानी गरेर जनताप्रति जन उत्तरदायी बन्नुलाई सकारात्मक रुपमा लिन सकिने उहाँकाे भनाइ थियाे ।

ऐनले वित्तीय संस्थालाई नियन्त्रण गर्ने ठाउँमा संरक्षणको नीति ल्याएर उद्योगी ब्यवसायीलाई खुम्च्याउन खोजेको बताउनुभयाे। उनले भने, यसले उद्योगी ब्यवसायी मारमा पर्ने छन् ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सबैभन्दा पूर्वाधार विकासमा ठूलो बजेट आएकोमा खुसी व्यक्त गर्नुभया‍े । पहिलाको जस्तो समस्या झेल्नुपर्ने अवस्था नआइ विकासको कामले गति लिने हो भने धेरै ठूला काम हुनेमा उहाँले आशा व्यक्त गर्नुभयाे ।  

मोरङ व्यापारसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले आम नागरिकको हेल्थ, इस्योरेन्स, शिक्षा लगायतका विषय एकदमै सकारात्मक रहेको बताउनुभयाे ।

वातावरणीय सुधारका लागि बृक्षारोपण लगायतका देशको दिगो विकासको लागि राम्रो बजेट आएको उहाँको प्रतिक्रिया छ । 

साउनदेखि नै बजेट कार्यान्वयन गर्ने अर्थमन्त्रीको घोषणा पछि भने आएको बजेट कार्यान्वयन हुनेमा शाखा रहेको व्यवसायीको भनाइ छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया