सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ भदाै २७ मा

 जेठ १६, २०७६ बिहिबार १३:३३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदाे भदाै २७ गतेबाट नेपालभरि प्रदर्शन हुने पक्का भएको छ । 

चलचित्रको बजेट धेरै भएका कारण पनि राम्रोे प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाइ छ । चलचित्र ‘पासवर्ड’ को रिलिज मिति तय भएसँगै अब पल शाह अभिनित चलचित्र ‘हृदय भरी’ तथा  दयाहाङ राई र रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ जुध्ने भएका छन् । 

चलचित्र ‘पासवर्ड’ को निर्देशन सम्राट बस्नेतले गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक बस्नेतले तयार पारेका हुन् । 

चलचित्रमा विक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी रानालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यो चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनीले एउटा गीत र केही सिनमा अभिनय गरेकी छिन् । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णुदेभाले निर्देशन गरेका हुन् । 

विष्णुदेभा उनै कोरियोग्राफर हुन्, जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउडका स्टार कलाकारका सिनेमाहरुमा नृत्य निर्देशनको रुपमा काम गरिसकेका छन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया