अझै केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

 जेठ १७, २०७६ शुक्रबार ७:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । 

अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् पोख्रेलका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ । 

बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाण्डाै उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।


 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया