हप्ताको अन्तिम दिन सबै विदेशी मुद्राको भाउ बढ्यो

 जेठ १७, २०७६ शुक्रबार १०:४०:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – यो हप्ता डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार सबै विदेशी मुद्राको भाउ बढेको हो । नेपाल राष्ट्र बैंकले हप्ताभर सार्वजनिक गरेको विवरण हेर्दा अघिल्लो दिनको तुलनामा पछिल्लो दिन प्रायः सबै विदेशी मुद्राको भाउ क्रमशः बढेको छ ।

आइतबार अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा रहेकोमा शुक्रबार खरिददर १११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११२ रुपैयाँ १० पैसा पुगेको छ ।

बिहीबार अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तथा बुधबार खरिददर १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो ।

यस्तै आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा रहेकोमा शुक्रबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

बिहीबार यसको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा तथा बुधबार खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो ।

आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा पुगेको छ । बिहीबार खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तथा बुधबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ७८ पैसा छ । आइतबार खरिददर ३० रुपैयाँ २१ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेकोमा क्रमशः बढ्दै बुधबार खरिददर ३० रुपैयाँ २८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ४४ पैसा र बिहीबार खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा थियो ।

आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा तथा बिक्रीदर २६ रुपैयाँ ६३ पैसा रहेकोमा शुक्रबार खरिददर २६ रुपैयाँ ६० पैसा तथा बिक्रीदर २६ रुपैयाँ ७४ पैसा पुगेको छ । बिहीबार खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा तथा बुधmबार खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै आइतबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेकोमा शुक्रबार खरिददर ९ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ९ रुपैयाँ ४१ पैसा पुगेको छ । बुधबार र बिहीबार खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा थियो ।

आइतबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा रहेकोमा शुक्रबार खरिददर ३६६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १४ पैसा पुगेको छ ।

बिहीबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०६ पैसा तथा बुधबार खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा थियो ।

अनि आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर २९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर २९७ रुपैयाँ ४७ पैसा पुगेको छ । बिहीबार यसको खरिददर २९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९७ रुपैयाँ १८ पैसा तथा बुधबार खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया