जात्रै जात्रा हेर्ने दर्शक बढे, क्यूएफएक्समा थपियो शो

 जेठ १७, २०७६ शुक्रबार १४:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा जात्रै जात्रा आज शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेकाे छ ।

तेस्रो सातासम्म आइपुग्दा पनि ‘जात्रै जात्रा’ले मल्टिप्लेक्समा उच्च व्यापार गरिरहेको छ भने सिनेमा हेर्ने दर्शककको चाप उच्च भएका कारण मल्टिप्लेक्समा शो पनि थपिएको छ । 

तेश्रो हप्तामा सिनेमाको व्यापार कम हुँदै जाने र शो पनि घट्दै जाने हुन्छ । तर, काठमाण्डौको क्यूएफएक्स चेनमा यो सिनेमाले तेस्रो साताको शुक्रबार देखि २१ शो पाएको छ । यो प्रदर्शनमा आएको शुक्रबारको भन्दा २ शो बढी हो । 

यो साता एकसाथ तीनवटा सिनेमा प्रदर्शनमा आउने भएका छन् । तर ती सिनेमाको प्रचार प्रसार खासै गरिएको छैन । यहि कारण पनि क्यूएफएक्समा ‘कुम्भ करण’ले मात्र ३ शो पाएको छ । 

अरु सिनेमाले क्यु एफएक्समा शो पाएका छैनन् । यसको फाइदा सिनेमा जात्रै जात्रालाई भएको छ । 

विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दयाहाङ राई, प्रियंका झा लगायतका कलाकारको मुख्य भूमिका रहेको सिनेमाले सुन काण्डको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको छ । यो सिनेमा जात्राको सिक्वेल हो । जात्रामा पैसाको कथा प्रस्तुत गरिएको थियाे ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया