गजलकार जे. सागरको पहिलो गीत 'बिर्सुं कसरी' सार्वजनिक

 जेठ १८, २०७६ शनिबार १२:१६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गजलकार तथा सञ्चारकर्मी जे सागरले रचना गरेकाे गीत 'बिर्सु कसरी' को म्युजिक भिडियो सार्वजनिक भएको छ । गएकाे बुधबार लण्डनमा रहेकाे साउथ ह्यारोमा एक कार्यक्रमका बीच म्युजिक भिडियाे सार्वजनिक गरिएको हो ।

अहिले यूएईमा रहँदै आएका गजलकार जे.सागरको शब्द, बेलायतमा कार्यरत सन्ध्या पौडेलको स्वर र आशिष राजको संगीत रहेको भिडियोलाई लण्डन निवासी राजेन्द्र पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा प्रसुना कँडेल ,रोश्ना कार्की र विकेशराज बस्नेतको अभिनय रहेको छ । 

यसअघि नै 'यत्ति भए पुग्छ' गजल संग्रह प्रकाशित गरिसकेका जे.सागर नेपाली गजल विधाका परिचित नाम हाे । उनका दर्जनौं गजल अहिले पनि धेरै गजलप्रेमी माझ उत्तिकै लोकप्रिय छन् ।  यसैगरी लामो समयदेखि संगीतमा साधनारत गायिका पौडेलको पनि यो नै पहिलो रेकर्डेड गीत हो । भिडियो निर्देशक पौडेलदेखि कलाकारहरु सम्मको पहिलो प्रयास भनिएको यो गीत सुन्दा र हेर्दा भने निकै परिपक्वता भेटिन्छ । 

गजलकार जे सागरले आफ्नाे पहिलाे गीतबारे प्रतिक्रिया दिँदै भने, 'यसलाई हाम्रो टlमले इमानदारी साथ गरेको रहरभन्दा हुन्छ ।'

हेर्नुहाेस् भिडियाे 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया