‘मिडिया र न्यायपालिकामाथि आक्रमण केन्द्रित गर्नु सर्वसत्तावादको बाटाे समाउनु हाे’

 जेठ १८, २०७६ शनिबार १९:८:४६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के पी शर्मा ओलीले प्रेस , न्यायपालिका र मानवअधिकार आयोगमाथि आक्रमण केन्द्रित गरेको आराेप लगाउनुभएको छ ।

उहाँले मिडिया, आयोग र न्यायपालिकामाथि आक्रमण केन्द्रित गर्नु सर्वसत्ताबादको बाटोबाहेक केही नभएको बताउनु भयो । 

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको शनिबार उद्घाटन गर्दै सभापति देउवाले सरकारले गरेका जनविरोधी कृयाकलाप सार्जवनिक हुने डरले प्रधानमन्त्री ओलीले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारिताको घाँटी निमोठ्न लागेको आरोप लगाउनु भयो ।

लोकतन्त्रविरुद्ध हुने सबै खाले आक्रमणको प्रतिरोध गर्न कांग्रेस तयार रहेको भन्दै सभापति देउवाले जनताको अधिकार खोस्ने र सर्वशक्तिमान बन्ने धृष्टता नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो । निरंकुस बन्न खोज्दा राजा ज्ञानेन्द्रको हविगत के भयो भन्ने हेक्का राख्न पनि देउवाले सुझाव दिनुभयो ।

सभापति देउवाले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै पनि हालतमा पास हुन नदिने स्पष्ट पार्नुभयाे । कार्यक्रममा महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी चुनावमा पहिलो पार्टी बनाउने गरी अगाडि बढ्न कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया