पीएम कप : गण्डकीले प्रदेश ५ लाई दियाे २३५ रनकाे विजयी लक्ष्य

 जेठ २०, २०७६ सोमबार १३:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले प्रदेश पाँचलाई २३५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीका लागि अनिल गुरुङले शतक बनाएपछि २३४ रन बनाएको हो ।

ओपनिङ आएका अनिलले ११५ रन बनाए । १४१ बलमा ४ चौका र १ छक्काको मद्दतले शतक पूरा गरेका अनिलले समग्रमा ११५ रन बनाएर आउट भएका हुन् । उनले १५२ बल सामना गर्दा ५ चाैका र १ छक्का प्रहार गरे । ओपनिङ आएका अनिल नवाै‌ं विकेटकाे रुपमा आउट भएका थिए ।

गण्डकीका दीपेश श्रेष्ठले २८ रन बनाउँदा कप्तान गोविन्द प्रधानले २६ रन बनाए ।

यस्तै मेख शेनले २३ रन बनाउँदा किशोर महतोले आक्रामक पारि खेल्दै २० रनको योगदान गरे । उनले जम्मा ७ बलमा ३ छक्काको मद्दतले २० रन बनाएका हुन् ।

प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिँदा विक्रम भुषालको नाममा २ विकेट रह्यो ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया