चलचित्र कलाकार संघकाे अध्यक्ष पदका लागि रविन्द्र खड्का र सरिता लामिछानेबीच प्रतिस्पर्धा

 जेठ २१, २०७६ मंगलबार १८:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि सरिता लामिछाने र रविन्द्र खड्काबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

चुनावको लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएसँगै लामिछाने र खड्का आमने सामने हुने पक्का भएको हो । सुरुवातमा लय संग्रौलाले पनि अध्यक्ष पदको उमेदवारी दिने तयारी गरे भए पनि अन्त्यमा उनी पछि हटेका छन् ।

तत्कालीन अध्यक्ष रामकेशर बोगटीसँग पनि संग्रौला चुनाव लडेका थिए तर संग्रौलालाई पछि पार्दै बोगटी नेपाल चलचित्र कलाकार संघको अध्यक्ष चुनिएका थिए ।

जेठ २५ गते हुन लागेको चुनावका लागि उमेदवारहरु समर्थकसँग भोट माग्दै हिँड्न थालिसकेका छन् । 

अन्तिम स‍ूची यस्ताे छ

अध्यक्ष 
सरिता लामिछाने
रविन्द्र खड्का

उपाध्यक्ष
रेजिना उप्रेती
सानुकुमार ताम्राकार
मनोज केसी
विनोद कुमार भट्टराई

महासचिव 
संजय खतिवडा
चेतबहादुर सिंह

सचिव 
पनाह अधिकारी
कविता गेलाल शर्मा
राजकुमार शाह

कोषाध्यक्ष 
सुनिल कट्वाल

सह–कोषाध्यक्ष
पवित्रा आचार्य
धनबहादुर बम्जन

सदस्य
लक्ष्मण चौलागाइँ
सुदर्शन आचार्य
धर्मानन्द आचार्य
किशोर भण्डारी
श्यामकृष्ण श्रेष्ठ
शारदा नेपाल
माधव पौडेल
राजेन्द्रकुमार बिसुराल
जीवन थापा
जिके श्रेष्ठ
जयकिसन बस्नेत
शीतल केसी
उद्धवप्रसाद भट्टराई
धनराज केसी
गोपाल ढकाल छन्दे
रोहित रुम्बा
पवनप्रसाद खतिवडा

उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया