दुई लाख ७५ हजार रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ

 जेठ २१, २०७६ मंगलबार २०:१८:५५ | जयनारायण यादव
unn.prixa.net

फाइल फाेटाे

बारा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ।

हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका-७, बाट पक्राउ गरेको हो।

विकास निर्माणका योजना पारिदिने भन्दै वडाध्यक्ष बरैले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ। बरैसँगै उनका एकजना सहयोगी पनि पक्राउ परेका छन्।

अन्तिम अपडेट: चैत १५, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया