बंगलादेश भर्सेस न्यूजिल्याण्ड : लगातारको जित नै मुख्य लक्ष्य

 जेठ २२, २०७६ बुधबार १०:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा बुधबार बंगलादेश र न्यूजिल्याण्ड आमने सामने हुँदैछन् । लण्डनमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

क्राइस्टचर्चमा भएको आतंकबादी हमलापछि न्यूजिल्याण्ड र बंगलादेश पहिलोपल्ट आमने सामने हुनेछन् । त्यस आक्रमणमा भाग्यले बाँचेका बंगलदेशी क्रिकेटरसँगको खेल न्यूजिल्याण्डका खेलाडीका लागि भावनात्मक पनि हुनेछ । 

विश्वकपमा विजयी सुरुवात गरेका दुवै टोलीका लागि लगातारको जित नै मुख्य लक्ष्य हुनेछ । दुवै टोली शानदार लयमा छन् र यो खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । 

कोलिन मुनरो र मार्टिन गुप्टिल दुवैले अर्धशतकीय पारी खेलेपछि श्रीलंकाबिरुद्धको पहिलो खेल न्युजिल्याण्डले १० विकेटले जितेको थियो । श्रीलंकालाई १ सय ३६ रनमै समेट्न म्याट हेनरी र लुकी फर्गुसनले शानदार बलिङ गरेका थिए । 

दक्षिण अफ्रिकाबिरुद्ध बंगलादेशका शकिव अल हसन र मुसफिकर रहिमको उत्कृष्ट पारी नै जितको आधार बनेको थियो । ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३ सय ९ रनमै समेटिएको थियो । 

न्यूजिल्याण्ड र बंगलादेशको एउटा संयोग के हो भने दुवै टोली अहिलेसम्म विश्वकप जित्न प्रयासरत छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया