धरानमा फैलिएको डेङ्गु सुनसरीका अन्य पालिकामा पनि फैलँदै

 जेठ २५, २०७६ शनिबार २०:२१:१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - धरानमा प्रकोपको रुपमा देखिएको डेङ्गु सुनसरीका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत देखिन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार धरानमा प्रकोपको रुपमा देखिएको डेङ्गु इटहरीमा पनि फाट्टफुट्ट देखिन थालेको छ । इटहरीमा २ जना डेङ्गुका बिरामी फेला परेपछि इटहरी उपमहानगरपालिकाले लामखुट्टे हटाउने र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको पनि प्रसाईले बताउनु भयो ।

त्यस्तै सुनसरीकै बराह नगरपालिकामा १ जना, रामधुनी नगरपालिकामा २ जना र  मोरङको केरावारी र सुन्दर हरैँचामा १-१ जना डेङ्गुका बिरामी फेला परेको प्रमुख प्रसाईले जानकारी दिनुभयो ।

त्यस्तै धरानको बिजयपुर अस्पतालमा ३२ जना र इटहरीमा २ जनाले उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ । बढी प्रभावित सुनसरीको धरान उपनगरपालिकाले पानी  फाल्ने र लार्भा नष्ट गर्ने अभियान नै चलाएको भए पनि सर्वसाधारणले पानी फाल्न नदिने गरेको लार्भा नष्ट अभियानमा खटिएका अभियानकर्मीले बताएका छन् ।

धरान उपमहानगरपालिकाकी मेयर मञ्जु मण्डारीले पानी व्यवस्थापनको काम भइरहेकोले पानीको त्यससँगै पानी फाल्ने र लार्भा मार्ने काम भइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया