भारतीय रियालिटी शोमा नेपालका प्रितम तेस्रो र आयुष चौथो

 जेठ २७, २०७६ सोमबार १०:६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीबाट प्रसारण हुने शोको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । यस्तै अर्का नेपाली बालक आयुष केसी चौथो भएका छन् ।

फाइनलमा पुगेका ६ मध्ये प्रितमको प्रस्तुतिलाई अडिसनदेखि नै निर्णायक मण्डल र दर्शकले निकै मन पराएका थिए ।

उनको घर सुनसरीको इटहरी हो । ६ कक्षामा पढ्ने उनले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Chandra Rajesh

    June 10, 2019, 12:58 p.m.

    यति खबर लेखिसके पछि को पहिला, को दोश्रा भन्ने पनि लेखेको भए हुने नि /

  •  0 Reply

तपाईको प्रतिक्रिया