आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
ललितपुर - ललित मेमोरियल यू–१८ फुटबलमा न्यूरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमामा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै रेजन माझीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको ४४ औं मिनेटमा च्यासलका स्याब्लो तामाङले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याएका थिए ।
५४ औं मिनेटमा क्रितिश रत्न चुन्जुले एनआरटीकालागि गोल गर्दै खेललाई २–१ अवस्थामा लगे । च्यासलका खेलाडील गल्ती गरेपछि एनआरटीका सुजन शर्माले पेनाल्टी मार्फत ८२ औं मिनेटमा तेस्रो गोल थपेका थिए ।
च्यासलमाथि लगातार दबाब बनाएको एनआरटीले ८७ औँ मिनेटमा विवेक राईमार्फत चौथो गोल थपेको थियो ।