मकवानपुरमा कारको ठक्करबाट सेनाका लेस नायकको मृत्यु

 जेठ ३०, २०७६ बिहिबार ७:२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । 

काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकल चालक  सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको ज्यान गएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । उनको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

ठक्कर दिने कार तथा कार चालक भक्तपुर सूर्यविनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई पैहरीले नियन्त्रणमा लिएको छ । । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया