सर्लाहीमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु, ४ जना घाइते

 जेठ ३०, २०७६ बिहिबार ११:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिपुर–७ मा बुधबार राति २ वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । 

हरिपुरबाट इश्वरपुरको बयलवास जाँदै गरेको ना २५ प ६९२२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ५ प ७८८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा २ ओटै मोटरसाइकलका चालकको ज्यान हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा इश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र यही  नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बुधबार राति साढे १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचारका क्रममा बिहीबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । २ ओटै मोटरसाइकलमा तीन–तीनजना चढेका र तीव्र गति रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया