जयललिताकाे बायाेपिकमा विद्या बालनलाई रिप्लेस गर्दै कंगना रनावत

 जेठ ३०, २०७६ बिहिबार १३:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा अभिनेत्री जयललिताको जीवनमा बनिरहेको फिल्मका लागि सबैभन्दा पहिले अभिनेत्री विद्या बालनको नाम सार्वजनिक भएको थियो । तर पछि विद्या बालनलाई हटाएर यस फिल्मका लागि कंगना रनावतलाई राखिएको खबर सार्वजनिक भयो ।

त्यसबेला विद्यालाई हटाएर किन कंगनालाई किन लिइएको थियो भन्नेबारे धेरैलाई थाहा थिएन । तर अहिले भने अभिनेत्री विद्या बालनलाई सो फिल्मबाट निकालिनुको कारण सार्वजनिक भएको छ ।

खबरहरुका अनुसार फिल्मको चरित्रको विषयमा विद्या बालनले आवश्यकताभन्दा धेरै प्रश्न सोध्ने गर्थिन जसको जवाफ दिँदा फिल्मका लेखक तथा निर्मातहरुसँग निकै नै हैरान भएका थिए । 

विद्या बालन जयललिताको जीवनका बारेमा धेरै भन्दा धेरै जानकारी लिन चाहन्थिन् । तर त्यसबेला लेखक तथा निर्माताहरुसँग विद्याका सबै प्रश्नको जवाफ थिएन । विद्याको यही बानीका कारण हैरान भएका निर्माताले निर्देशक विजयन्द्र प्रसादलाई कंगना रनावतको नाम सिफारिस गरे र अन्त्यमा यस फिल्मका लागि कंगना फाइनल भइन् ।यसपछि विद्या बालनले फिल्मबाट बाहिरिनु पर्‍यो ।

कंगना र निर्देशक विजयन्द्रले मणिकर्णिकामा एक साथ काम गरिसकेका छन् । 

यस फिल्मका लागि कंगना रनावतलाई २४ करोड पारिश्रमिक दिइनेछ । यो कुनै बलिउड अभिनेत्रीलाई लिड रोलमा कास्ट गरिएकाे फिल्म पहिलो दक्षिण भारतीय फिल्म हो । कंगनाले यस फिल्मका लागि तमिल भाषा सिकिरहेकी छिन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया