नाना पाटेकरलाई 'क्लीन चिट', तनुश्री भन्छिन्–'भ्रष्ट पुलिस फोर्सले भ्रष्ट नानालाई जोगायो'

 जेठ ३०, २०७६ बिहिबार १७:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

यौन उत्पीडनको आरोपमा बलिउड अभिनेता नाना पाटेकरलाई बिहीबार प्रहरीले ‘क्लीन चिट’ दिएको छ । प्रहरीले नाना पाटेकरलाई क्लीन चिट दिएसँगै अभिनेतृ तनुश्री दत्ता भने भड्किएकी छिन् । उनले प्रहरीको कारबाहीमाथि पनि प्रश्न उठाएकी छिन् ।

तनुश्रीले प्रहरीको कारबाहीलाई लिएर भनेकी छिन्, ‘भ्रष्ट पुलिस फोर्स र कानुनी व्यवस्थाले धेरै भ्रष्ट व्यक्ति नाना पाटेकरलाई क्लीन चिट दिएको छ । उनीमाथि पहिले पनि फिल्मी उद्योगसँग जोडिएका कैंयौ महिलालाई धम्काउने, डराउने र यौन उत्पीडनको आरोप लागिसकेको छ ।’

बलिउड अभिनेतृ दत्ताले गएको वर्ष नाना पाटेकरमाथि सन् २००९ को चलचित्र हर्न ओके को आइटम गीतको छायांकनका क्रममा गलत तरिकाले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । 

तनुश्रीले भनेकी थिइन्, ‘नाना पाटेकरले मलाई विरोध गर्ने र गीत छायांकन गर्न नमान्ने हो भने आक्रमण गर्ने धम्की दिएका थिए ।’

त्यसपछि कैयौँ महिला अभिनेतृहरुले बलिउड सेलिब्रिटिमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया