सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - चिनियाँ कम्पनीलाई निर्माणको जिम्मेवारी दिइएको रसुवामा रहेकाे ७८ मेगावाट क्षमताको साञ्जेन खोला जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।
शुक्रबार काठमाण्डौमा चिनियाँ कम्पनी सीएचईसी तथा नेपाल इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंकबीच त्यस आयोजनामा लगानी लागि ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो । इन्भेष्टमेन्ट बैंकको स्वामित्वमा रहेको कुमारी बैंक तथा सिटिजन बैंक पार्टनर रहेको त्यस आयोजनामा ९२ प्रतिशत चिनियाँ कम्पनी सीएचईसी र ८ प्रतिशत नेपालीको साझेदारी रहनेछ ।
रसुवा जिल्लामा रहेको याे आयोजना निर्माणमा १३ अरव २० करोड लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी रहनेछ ।
यो जलविद्युत आयोजना चिनियाँ कम्पनीले पहिलो पटक लगानी गर्न लागेको आयोजना हो । आगामी ४ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको याे आयोजना वरपरको सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।