विश्वकप क्रिकेट : वेष्ट इन्डिजले इंग्ल्याण्डलाई दियाे २१३ रनकाे विजयी लक्ष्य

 जेठ ३१, २०७६ शुक्रबार १८:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई दुई सय १३ रनको लक्ष्य दिएको छ ।

साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४४ ओभर चार बलमा दुई सय १२ रनमा अलआउट भयो ।

राम्रो सुरुवात गर्न नसकेको वेष्ट इन्डिजले चार रनमा पहिलो विकेट गुमायो । उसका इवेन लुइस मात्र दुई रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि क्रिस गेल र सेइ होपले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हालने प्रयास गरेका थिए । तर गेल ३६ रनमा आउट हुँदा वेष्ट इन्डिजले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसको लगत्तै होप पनि ११ रनमा आउट भएपछि वेष्टइन्डिजको स्कोर ५५ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि निकोलस पुरन र सिमरोन हेटमेयरबीच ९९ सय रनको साझेदारी भएको थियो । हिटमेयर ३९ रनमा खेलिरहेका बेला आउट भएपछि वेष्ट इन्डिजले एक सय ४४ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि उसले अरु विकेट सस्तैमा गुमायो ।

जसका कारण स्कोरबोर्डमा दुई सय दुई रन हुँदा उसका आठ विकेट झरेका थिए । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ तथा आन्द्रे रसेलले २१ रन बनाउँदा कप्तान जेसोन होल्डर नौ रनमा आउट भए । इंग्ल्याण्डका जोफ्रा आर्चरले लगातार दुई बलमा दुई विकेट लिएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो । अन्ततः वेष्ट इन्डिज दुई सय १२ रनमा समेटियो ।

बलिङमा इंल्याण्डमा जोफ्रे आर्चर र मार्क उडले तीन-तीन विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया