नाेटमा फाेटाे छापिने साैभाग्य पाएका यी क्रिकेटर

 जेठ ३१, २०७६ शुक्रबार २०:४१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

वेस्टइण्डिजका पूर्व कप्तान फ्रांक वरेल एक मात्र यस्ता क्रिकेटर हुन् जसको तस्बिर कुनै देशको नोटमा छापिएकाे थियाे ।

उनको तस्वीर वेस्ट इण्डिजको बारबाडोसको नोटमा छापिएको थियो । एक मे २००७ मा बारबाडोसले ५ डलरको नोटमा फ्रांकको तस्बिर प्रकाशित गरेको थियो । उनको सम्मानका लागि यस्तो गरिएको जनाइएको छ ।

विश्व क्रिकेटका महान खेलाडीहरु सचिन तेन्दुलकर, भिभियन रिचर्डस, ब्रायन लारा, सर डन ब्राडम्यान, कपिल देव र सुनिल गावस्कर जस्तो अग्रजहरु कसैले पनि क्रिकेटमार्फत देशकाे नाम उच्च राखेकाेमा यस्ताे ठूलाे सम्मान पाएका छैनन् ।

सन् १९४१ मा फ्रेन्कले फर्स्ट क्लास क्रिकेटमा कदम राखे । त्यसपछि उनको खेलले विश्वमा तहल्का मच्चायाे । उनले क्रिकेट मैदानमा ‘खतरनाक’ अलराउण्डरको छबि बनाए।

व्यक्तिगत जीवन भने उनको एकदमै सभ्य र शान्त नै थियो । उनको जन्म १ अगष्ट १९२४ मा बारबाडोसमा भएको थियो । ५१ टेस्ट खेलेका उनले ८७ इनिङमा ३ हजार ८ सय ६० रन जोडेका छन् । उनी ब्याटिङ गर्नका लागि ९ नम्बरमा आउने गर्थे ।

अलराउण्डर भएकाले उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलेका ५१ टेस्टमा बलिङ गर्दा ६९ विकेट हात पारेका थिए । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया