सप्तरीका विद्यार्थी संगठनले जलाए आयोगका अध्यक्ष मैनालीको पुत्ला

 जेठ ३२, २०७६ शनिबार १३:४६:४६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - विद्यार्थी संगठनले सप्तरीको राजविराजमा शनिबार लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला दहन गरेका छन् ।

स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी लगायतले आयोगका अध्यक्षले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने माग गर्दै चरणवद्ध आन्दोलन घोषणा समेत गरेका छन् । 

आयोगले संघीयता, समावेशीता तथा समानुपात विपरीत निकालेको विज्ञापन नसच्याएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत विद्यार्थी संगठनहरुले दिएका छन् ।

विराेध कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसहित विद्यार्थी नेताहरु तारकेश्वर यादव, दिपक कुमार यादव, घनानन्द यादव, रामचन्द्र यादव, लक्ष्मण यादवलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया