लर्निङ जोनलाई उपाधि

 असार १, २०७६ आइतबार ११:१३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दोस्रो अन्तर विद्यालय फुटसलको उपाधि लर्निङ जोन एकेडमीले जितेको छ । फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २–१ गोलले हराउँदै लर्निङ जोन च्याम्पियन बनेको हो । 

काठमाण्डौको च्यासलमा रहेको नेशनल स्पोर्ट्स सेन्टरमा भएको खेलमा लर्निङका प्रविण लामा र प्रमित मगरले एक–एक गोल गरे । करियरका आकाश साहले एक गोल फर्काए । लर्निङले उपाधिसँगै ३० हजार रुपैयाँ पुरस्कार पायो भने उपविजेता करियरले २० हजारमा चित्त बुझायो ।

कखरा इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगितामा लर्निङका अजिज गुरुङ उत्कृष्ट गोलकिपर, करियरका आकाश साह उत्कृष्ट डिफेन्डर, आयुष श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, लर्निङका प्रविन लामा उत्कृष्ट फरवार्ड रसनसाइनका आशिष दाहाल उत्कृष्ट प्रशिक्षक भए । प्रतियोगितामा काठमाडौ उपत्यकाका ३२ टिम सहभागी थिए । 

विजेतालाई राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक राजुकाजी शाक्य, नेपाल बैंक लिमिटेडका वरिष्ठ प्रवन्धक शिखर नाथ र राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामालगायतले पुरस्कार प्रदान गरेका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया