भारत पाकिस्तानबीचको खेल हेर्न भारतीय समर्थकले विराट कोहलीसँग टिकट मागेपछि...

 असार १, २०७६ आइतबार १२:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत-पाकिस्तानबीचको खेल । विश्व क्रिकेटमा सबैभन्दा धेरै हेरिने खेल हो । यो खेलमात्र होइन । भारत र पाकिस्तानका खेलाडीको प्रतिस्पर्धा मात्र पनि होइन ।

यो खेलमा समस्त भारत र पाकिस्तानका समर्थकको प्रतिष्ठा जोडिएको छ । दक्षिण एसियाका दुई पावरहाउसहरुको प्रतिस्पर्धा प्रत्यक्ष हेर्न दर्शकहरुको पनि ठूलै प्रतिस्पर्धा हुने गरेको छ । सीमित टिकटका लागि असीमित दर्शकको दाबेदारी रहन्छ ।

कतिपयले त निर्धारितभन्दा कैँयौ गुणा बढी रकम तिरेर पनि यी दुई टिमको म्याच हेर्ने गर्दछन् । खेलाडीसँग चिनजान भएका समर्थकले खेलाडीसँग म्याचको पास माग्ने गरेका छन् ।

भारत र पाकिस्तानबीचको खेलको टिकट जारी भएको केही घण्टामा नै सकिएपछि केही भारतीय समर्थकहरुले भारतीय कप्तान विराट कोहलीको ढोका ढकढकाउन पुगेका छन् । खेलाडीलाई पनि सीमित पास दिइएको हुन्छ । र, असंख्य दर्शकहरुको अनुरोधलाई खेलाडीले ‘नाइँ’ भन्नुको विकल्प हुँदैन । 

केही समर्थकले पास मिलाइदिनका लागि विराट कोहलीलाई अनुरोध गरेका थिए । त्यसको जवाफमा कोहलीले भने, ‘जब यस्तो प्रतियोगिताको यति विशेष खेलमा जाँदै हुनुहुन्छ भने तयार भएर आउनु पर्थ्याे ।’

कोहलीका साथीहरुले पास माग्दा उनले जवाफ दिए, ‘यो विषयमा मलाई नभन्नु होला । आउन मन लाग्छ भने आफैं व्यवस्था गरेर आउनुहोस् । नत्र अहिले सबैको घरमा अत्याधुनिक टिभी सेट छ । घरमै बसेर हेर्नुहोला ।’

‘अहिले पास मिलाउन सम्भव छैन । म कहाँ नआउनु नै राम्रो हुन्छ,’ कोहलीले भने । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया