पुलबाट हाम्फालेर सुनकाेशी नदीमा बेपत्ता

 असार १, २०७६ आइतबार १३:३१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - दिप्रुङ चुईचुम्मा गाउँपालिका–४, बतासे नाप्तीकुका ५० वर्षीय ललिन्द्र राई पुलबाट हाम फालेर सुनकशीमा बेपत्ता हुनुभएको छ ।

उदयपुरको बलम्तामा आफन्तको घरमा पुगेर घर फर्कने क्रममा राईले बतासे र उदयपुरको लिङचुङबुङ गाउँपालिका जोड्ने भँडारेघाटमा पुलबाट सुनकोशीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।

श्रीमतीसँगै घर फर्किरहेका समयमा राईले आइतबार पुलबाट हाम फालेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
राईले हाम फाल्नुको कारण खुल्न सकेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया