कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
फ्रान्समा जारी महिला विश्वकप फुटबलमा आइतबार राति २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार बेलुकी पौने सात बजे स्वीडेन र थाइल्याण्ड आमने सामने हुने छन् ।
स्वीडेन आइतबारको खेलमा विजयी भए अन्तिम १६ मा पुग्ने छ । पहिलो खेलमा चिलीलाई २–० ले पराजित गर्दै स्पष्ट तीन अंक जोडेको स्वीडेन समूह एफमा दोस्रो स्थानमा छ । यो समूहमा अमेरिका शीर्ष स्थानमा रहेको छ ।
अमेरिकाले यसअघि विश्वकपकै इतिहासमा सर्वाधिक ठूलो जित दर्ता गर्ने क्रममा थाइल्याण्डलाई १३–० गोल अन्तरले पराजित गरेको थियो ।
आइतबारको खेलमा अमेरिकाले चिली र स्वीडेनले थाइल्याण्डलाई पराजित गरे एक खेल अगावै दुवै टिमले अन्तिम १६ को यात्रा तय गर्न सफल हुने छन् । अमेरिका र चिलीकाे खेल पाैने १० बजेदेखि हुने छ ।