आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - कर्ण श्रेष्ठ नाम गरेका एक युवक भ्रष्टाचारविरुद्ध साइकलयात्रा गर्दै काठमाण्डाै आइपुगेका छन् ।
खोटाङको दिक्तेलबाट चैत्र ३ गतेदेखि साइकलयात्रामा निस्केका श्रेष्ठ काठमाण्डाै आइपुगेका हुन् । साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएका छन् । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने उनकाे बुझाइ छ ।
रिपोर्टर्स क्लब नेपालमा आइतबार साइकलयात्राबारे जानकारी दिँदै श्रेष्ठले भ्रष्टाचारमुक्त समाज निर्माण गरी धर्म र संस्कृतिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताए । देशको प्राकृतिक स्रोत साधनको उचित सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
देशमा व्यवहारिक शिक्षा आवश्यक रहेको विषय भ्रमणबाट थाहापाएको बताउँदै आफ्नाे साइकल यात्राको उद्देश्य देशको वास्तविक अवस्था बुझ्नु रहेको जानकारी दिए ।
Dev Rizal
June 16, 2019, 7:28 p.m.हुनेवाला केहि छैन है नेपालमा , सबैको बिचार यस्तै हुने भए त राम्रो हुन्थ्यो नि !