अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
आईसीसी विश्वकप क्रिकेटमा अहिले चिर परिचत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल भैरहेको छ ।
यो विश्वकपको सबैभन्दा ठूलो खेलका रुपमा हेरिएको खेलमा पाकिस्तानले टस जितेर बलिङ गरेको छ । टस हारेर ब्याटिङ गरिरहेको भारतले पनि सुरुवात उत्कृष्ट गरेको छ ।
शिखर धवन घाइते भएपछि ओपनिङ गर्न आएका केएल राहुल र रोहित शर्माले पहिलो विकेटका लागि १३६ रनको साझेदारी गरेका छन् । पहिलो विकेटको रुपमा अर्धशतक बनाएका केएल राहुल आउट भएर अहिले क्रिजमा विराट काेहली खेलिरहेका छन् ।
७८ बल खेल्दै ५७ रन बनाएका राहुल वहाब रियाजको बलमा बाबर आजमको हातबाट क्याच आउट भएका हुन् । राहुलले आफ्नो इनिङमा ३ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै अर्का ओपनर रोहितले शतक पूरा गरेका छन् । रोहितले ८५ बलमा शतक पुरा गरेका हुन् जसमा ९ चौका र ३ छक्का समावेश थियाे । भारत र पाकिस्तान विश्वकप क्रिकेटमा अहिलेसम्म ६ पटक भिडेका छन् । जसमा सबै खेल भारतले जितेको छ ।