भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
रुकुमपूर्व - यार्सा संकलनको गर्न रुकुमपूर्वको मैकोट पुगेका दुई जनालाई नचिनेका मानिसहरुकाे समूहले आक्रमण गरी गम्भीर घाइते बनाएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
त्यस समूहले मैकोटमा यार्सा संकलन गरेर घर फर्कने क्रममा रहेका पुथा उत्तरगंगा गाउँपालिका-१ की ३८ वर्षीया जुनकुमारी पुन र उनकी १४ वर्षीया छोरी रश्मी पुनमाथि आक्रमण गरेर पैसा, गरगहना समेत लुटेर धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते बनाएकाे बताइएको छ।
उनीहरुमाथि शनिबार आक्रमण भएकाे र दुवै आमाछोरीलाई आइतबार थप उपचारको लागि काठमाण्डाै पठाइएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।
यसैगरी यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका ५८ वर्षीय चिन्तन विकलाई पनि समेत हेलिकप्टरबाटउद्धार गरेर काठमाण्डौ पठाइएको छ । उनी स्थानीय जाङला भञ्ज्याङ्ग भिरबाट करिब २ सय ५० मिटर तल खसेको प्रजिअ शर्माले बताउनुभयो ।