गुठी विधेयक सच्याउन प्रधानमन्त्री सक्रिय, साँझसम्म परिणाम आउने

 असार २, २०७६ सोमबार १२:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले राष्ट्रियसभामा पेश गरेको गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउने भएको छ । विधेयकले धर्म सस्कृतिमाथि प्रहार गरेको भन्दै काठमाण्डौमा अहिले दैनिक विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

नेवार समूदायले विधेयक गुठी हरण गर्ने गरी आएको भन्दै विधेयक फिर्ता नभए काठमाण्डौ उपत्यका नै ठप्प पार्ने चेतावनी दिएका छन् । विधेयककोे चर्को विरोध भएपछि सरकारले त्यसलाई सच्याउन पहल थालेको छ । साताव्यापी युरोप भ्रमणबाट आइतबार स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयक सच्याउने बताउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आवश्यक निर्णय लिन सक्रियता बढाउनुभएकाले साँझसम्ममा सकारात्मक परिणाम आउने सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले बताउनुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै नेता भट्टराईले गुठी विधेयकलाई लिएर केहीले धमिलो पानीमा माछा मार्न खोजे पनि त्यो सफल नहुने उल्लेख गर्नुभएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया