भारतलाई अर्काे झड्का, मुख्य बलर भुवनेश्वर पनि मैदान बाहिर

 असार २, २०७६ सोमबार १३:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ । भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् ।

पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदाे २ देखि ३ खेल गुमाउने भएका छन् । पाकिस्तानविरुद्ध बलिङ गर्ने क्रममा देब्रे खुट्टा पिचमा चिप्लिएपछि उनलाई चोट लागेको थियो । उनले २ ओभर ४ बल बलिङ गर्दै मैदान छाडेका थिए ।

खेलपछि भारतीय कप्तान विराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिजविरुद्धको खेल गुमाउने बताएका छन् । उनका अनुसार, भुवनेश्वरले इङ्ल्याण्डविरुद्धको खेल समेत गुमाउन सक्नेछन् ।

’भुवनेश्वरलाई चोट लागेको हैन, बलिङ गर्न थोरै असहज मात्र भएको हो’, विराटले भने, ‘खुट्टा टेक्ने बेलामा थोरै चिप्लिएको मात्र हो । उनलाई केही दिन आराम दिने छौँ । आशा छ, उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन् ।’

भारतका ओपनर शिखर धवन पनि अस्ट्रेलियाविरुद्धको खेलमा औँलाको चोटका कारण दुई हप्ता मैदान बाहिर छन् ।

यसैगरी आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लुइस (डीएल) पद्धतिको आधारमा ८९ रनले पराजित गरेको थियो । जितसँगै तेस्रो स्थानको भारतले ४ खेलबाट ७ अंक जोडेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया