यू-२१ युरोपियन च्याम्पियनसिप खेल्दै विश्व फुटबलका १० उदाउँदा स्टार खेलाडी

 असार २, २०७६ सोमबार २०:४५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

२१ वर्ष मुनिको यूईफए युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि इटाली र सानमारिनोमा सुरु भएकाे छ । प्रतियोगितामा युरोपका १२ देशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता भैरहेका बेला सबैको ध्यान भने यतिबेला सहभागी राष्ट्रका केही चर्चित १० खेलाडीमा परेको छ । 

१. लुका जोभिच - सर्बिया

सर्बिया स्ट्राइकर लुका जोभिच अर्को सिजनका लागि स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भैसकेका छन् ।

उनले बुन्डेसलिगा क्लब फ्राङकफर्टलाई यरोपा लिगको सेमिफाइनलसम्म पुर्‍याउन भूमिका खेलेका थिए । साथै उनले क्लबका लागि २७ गोलसमेत गरेका थिए । रियल समर्थकबीच उनी कस्ता खेलाडी हुन भन्ने प्रमाणित गर्नका लागि पनि यो प्रतियोगिता उनको लागि महत्वपूर्ण छ ।

२.मोइज केअन - इटली

इटालीका खेलाडी मोईज केअन युभेन्टसका स्ट्राईकर हुन । १९ वर्षका उनी इटलीका लागि भविष्यको चम्किलो तारा हुन् । उनि युभेन्टस र इटलीका लागि आशाको किरण भएकाले पनि उनिमाथि सबैको नजर पर्नेछ ।

३. फिल फोडेन - इंग्ल्याण्ड

फिल फोडेन इङल्यान्डका खेलाडी हुन् । दुई वर्ष घि भएको १७ वर्ष मुनिको विश्वकप इङल्यान्डले जित्दा फिल फोडेनको जितका लागि ठूलो योगदान रहेको थियो । फोडेन प्रिमियर लिगमा म्यानचेस्टर सिटीबाट खेल्ने गर्छन् ।

४. डानी सेबाल्लोस - स्पेन

रियल मड्रिडका मिडफिल्डर तथा स्पेनका खेलाडी सेबल्लोसले २ वर्षअघि यस प्रतियोगिता खेलिसकेका छन् तर त्यस समय स्पेन जर्मनीसंग फाइनलमा पराजित भएको थियो । इटालीमा हुने यस प्रतियोगिताले उनको मूल्य निर्धारण हुनेछ ।

५. हओसेम ओअर - फ्रान्स

विश्व विजेता फ्रान्सका खेलाडी ओअरलाई सबैले चिन्छन् । उनी लियोन क्लबका मिडफिल्डर हुन् । उनले यस सिजनमा क्लबका लागि ७ गोल र गोलका लागि ११ अवसर सिर्जना गरेका थिए ।

६. रोबर्ट स्कब - डेनमार्क

डेनिस सुपरलिग र युरोपा लिगमा गरी ३२ गोल र १० पटक गोलका लागि अवसर सिर्जना गरेका डेनमार्कका खेलाडी रोबर्ट स्कब फ्रीकिक का लागि माहिर मानिन्छन् । उनी कोपनहेगन क्लबबाट खेल्दै आएका छन् ।

 ७. आएनिस हगी - रोमानिया

रोमानियन खेलाडी जर्ग हगीले छोरा आएनिस हगीलाई सन् २०१४ मा क्लमा डेब्यु गराएका थिए । र अहिले २० वर्षीय स्टार क्लबका कप्तान छन् । उनले रोमानियाका लागि ३ खेल जितेका छन् । साथै परिवारको नाम समेत चम्काएका छन ।

८. जोनाथन तहा - जर्मनी

जोनाथन तहा जर्मनका खेलाडी हुन । उनी २३ वर्ष भएका केही खेलाडीमध्ये हुन् । तर क्वालिफायर खेल्दा उनी २१ वर्षका थिए । उनले जर्मनीको सिनियर टिमको लागि ६ खेल खेलिसकेका छन् । यस्तै उनले ह्यामबर्ग, डुसेलडर्फ र बायर लेभरकुजनका लागि करिब २ सय खेल खेलिसकेका छन् ।

९. यरी भर्स्चाएरन - बेल्जियम 

प्रतियोगितामा सबैभन्दा कम उमेरका खेलाडी हुन् भर्स्चाएरन। २१ वर्षमुनिका यस प्रतियोगितामा उनी बेल्जियमको प्रतिनिधित्व गर्दैछन् । 

एन्डरलेच्टका प्लेमकर १७ वर्षका मात्र भए । ग्रुप ए मा बेल्जियम स्पेन, इटली पोल्याण्ड जस्ता टिमसँग खेल्ने भएकोले भर्स्चाएरनले राम्रो प्रदर्शन गर्ने विश्वास गरिएको छ । 

१०. निकोला भ्लासिच - क्रोएसिया

निकोला क्रोएसियाका खेलाडी हुन । उनले च्याम्पियन्स लिगमा सीएसकेए मस्कोका लागि समहूह चरणमा ३ गोल गरेका थिए । जसमा रियल मड्रिडविरुद्धको विजयी गोल समेत थियो । उनले क्रोएसियाको सिनियर टिमको लागि समेत ५ खेल खेलिसकेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया