कांग्रेस अति दक्षिणपन्थी बन्यो : प्रधानमन्त्री ओली

 असार ३, २०७६ मंगलबार १७:२२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाउनुभएको छ । 

परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको भन्दै अहिले पनि कांग्रेस त्यही दिशामा अघि बढेको बताउनुभयो ।  

संसद अवरुद्ध गरेर विपक्षीले संसदको गरिमा घटाउने काम गरेको पनि उहाँले बताउनुभयो । ठूलो बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व रहेको भन्दै उहाँले संसदको गरिमा घटाएर त्यो उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो ।  

अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।  

मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्तको आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया