राप्ती राजमार्गकाे राम्री–कपुरकोट सडक खण्ड ७ दिन दिउँसाेकाे स...
बैशाख ७, २०८२ आइतबार
आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार दक्षिण अफ्रिकाले बर्मिङघमको एजबास्टोन रंगशालामा न्यूजिल्याण्डको सामना गर्दा उसका लागि त्यो खेल गर या मरको अवस्थामा हुनेछ ।
विश्वकपको सुरुवाती पाँच खेलबाट एकमात्र जित हासिल गरेको गएको संस्करणको सेमिफाइनलिष्ट दक्षिण अफ्रिका यस संस्करणमा सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने दवाबमा छ ।
गएको संस्करणमा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो ।
१० टोली सम्मिलित विश्वकपको लिग चरण राउण्ड रोविन प्रणालीमा खेलाइएको छ र बाँकी चार खेलमा उसले शतप्रतिशत जित हासिल गरेमात्र शीर्ष चार प्रवेशको सम्भावना रहन्छ ।
पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जितको लय समाएको अपेक्षा गर्न सकिन्छ । तर, उच्च लयमा रहेको न्यूजिल्याण्डविरुद्धको खेल उसलाई अफगानिस्तान जत्तिको सहज निश्चित रुपमा हुने छैन ।
न्यूजिल्याण्डको बलिङ आक्रमण र शीर्ष क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन अहिलेसम्म उत्कृष्ट हुँदै आएको छ । मध्यक्रमका ब्याट्सम्यानले धेरै खेल्ने अवसर पाएका छैनन् । बंगलादेशविरुद्धको खेलमा उसको मध्यक्रम असफल देखिएको थियो ।
दक्षिण अफ्रिकाका लागि खुशीको खबर के हो भने ह्याम्स्ट्रिङको चोटका कारण ३ खेल खेल्न नसकेका लुंगी एनगिडीले पुनरागमन गर्ने भएका छन् । दक्षिण अफ्रिको बलिङ आक्रमण उनको उपस्थितिले केही सुधारिने अपेक्षा गरिएको छ ।
एजबास्टोनको मौसम बुधबार बिहान हल्का वर्षा भए पनि दिनभर सफा रहने अनुमान गरिएको छ । यस मैदानमा भएका पछिल्ला ४ खेलमा सुरुवाती ब्याटिङ गर्ने टिमले जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।