‘इन्शाअल्लाह’ मा सलमानको आकर्षक अवतार, आलिया गंगा किनारकी युवती

 असार ६, २०७६ शुक्रबार २०:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

लामो समयको अन्तरालपछि अभिनेता सलमान खान र निर्देशक सञ्जय लीला भन्साली एकसाथ काम गरिरहेका छन् । 

सलमान खानको अभिनय तथा भन्सालीले निर्देशन गरेको चलचित्र ‘इन्शाअल्लाह’ सन् २०२० को इदको अवसरमा रिलिज हुँदैछ । यस अघि सलमान खानले भन्साली निर्देशित ‘खामोशी-द म्युजिकल’ र ‘हम दिल दे चुके सनम’ जस्ता हिट चलतित्रमा काम गरिसकेका छन् । 

भन्सालीको अब बन्ने चलचित्र ‘इन्शाअल्लाह’ मा आलिया भट्टलाई मुख्य अभिनेत्रीको रुपमा लिइएको छ । भन्सालीसँग आलियाको यो पहिलो सहकार्य हो । भन्सालीले आफ्ना चलचित्रहरुमा अभिनेत्रीहरुलाई निकै नै सुन्दर तरिकाले प्रस्तुत गर्ने गरेका छन् । यही कारणले पनि चलचित्रमा आलियालाई अझै विशेष भूमिकामा देख्न सकिने अनुमान लगाइएको छ ।  

सलमान खान र आलिया भट्टबीच उमेरको निकै अन्तर रहेको छ । चलचित्रमामा सलमान खान ४० कटिसकेका व्यक्तिको भूमिकामा देखिनेछन् भने आलिया २० वर्षीया युवतीको भूमिकामा देखिनेछिन् । 

चलचित्रमा सलमान खान फ्लोरिडाका व्यापारीको भूमिकामा देखिनेछन् । चलचित्रमा सलमानलाई निकै नै आकर्षक अवतारमा प्रस्तुत गरिनेछ । दर्शकले सलमानलाई यो चलचित्रमा डिजाइनर ज्याकेट र स्टाइलिश सनग्लासमा हेर्न पाउनेछन् ।  यतिबेला निर्देशक भन्साली फ्लोरिडामा लोकेशनको खोजीमा छन् । 

आलिया गंगा किनारमा रहेको शहरमा बसोबास गर्ने सुन्दर युवतीको भूमिकामा देखिनेछिन् । जसका लागि हरिद्वार, वाराणसी र ऋषिकेशमा लोकशनको खोजी भैरहेको छ । 

चलचित्र ‘इन्शाअल्लाह’ को छायाँकन अगष्ट महिनाको अन्त्यतिरबाट सुरु हुनेछ । त्यसबेलासम्म सलमान खानले अर्काे चलचित्र ‘दबंग ३’ को छायाँकनको काम पूरा गर्नेछन् । सञ्जय लीला भन्सालीको यो चलचित्र उनका यस अघिका चलचित्रभन्दा फरक एक आधुनिक प्रेम कथामा आधारित हुनेछ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया