लमजुङको बेसीशहरमा आगलागी :  एक घर जलेर नष्ट, १४ लाख बराबरको क्षति

 असार ५, २०७६ बिहिबार १८:२४:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बेसीशहर नगरपालिका-८ को शेराकुनामा रहेको एउटा घरमा आगलागी हुँदा १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नाराइनबहादुर सुयलको जस्ताले छानो छाएको दुई तले घरमा आगलागी भएको हो ।

बिहीबार दिउँसो साँढे १ बजे आगलागी भएको खबर पाउने बित्तिकै १ बजेर ३८ मिनेट जाँदा प्रहरी र दमकल आगलागी भएको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट घरको माथिल्लो तलाको चार वटा कोठामा पूर्ण क्षति भएको छ । तल्लो तलामा भने क्षति भएको छैन । आगलागीबाट झण्डै १४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयको मद्दतमा ले दिउँसो २ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

‘आगलागीबाट माथिल्लो तलाका सबै कोठामा क्षति पुगेको छ । लत्ताकपडाका साथै फर्निचरका सामानमा समेत क्षति पुगेको छ,’ प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो ।

घरको माथिल्लो तलाको कोठामा बलिरहेको ग्याँस चुलोबाट आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रहरीका अनुसार माथिल्लो तलामा भाडामा बस्दै आएका ३ परिवारका सदस्यलाई लमजुङ उद्योग वाणिज्य संघले राहतका साथै बस्ने व्यवस्था समेत मिलाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया