अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
बर्दिया - बर्दियाको राजापुर नगरपालिका-३, नंगापुरमा एक जनाको हत्या भएको छ ।
घरको आँगनमा सुतिरहेको अवस्थामा ५५ वर्षीय जयराम थारुको हत्या भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिनुभयो ।
'घरकाे आँगनमा सुतिरहेकाे अवस्थामा थारुको निधारमा धारिलो हतियार प्रहार भएको देखिन्छ । हत्या कस्ले र किन गरेको भन्ने बारे अनुसन्धान भइरहेको छ', महराले भन्नुभयो ।
राति खाना खाएर सुतेका थारुको धारिलाे हतियार प्रहारबाट हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । तालिम प्राप्त कुकुर लिएर घटनास्थल पुगी अनुसन्धान प्रक्रिया अघि बढाएकाे प्रहरीले जनाएकाे छ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।