एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्न सकिन्छ

 असार ११, २०७६ बुधबार ८:४८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

गएको चैत १० गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो । प्रदेश २ मा भने चैत २२ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । 

उपनियन्त्रक शर्माले कुनै प्राविधिक त्रुटि नभए आज बेलुकीसम्म र प्राविधिक त्रुटि आए भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।

यसवर्ष देशभरबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र पहिलेको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । 

एसइईको नतिजा हेर्ने तरिका

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Erisha Acharya

    June 26, 2019, 9:11 a.m.

    3

  •  0 Reply

तपाईको प्रतिक्रिया