४५ हजार रुपैयाँ घुससहित रौतहटका इन्जिनियर पक्राउ

 असार २२, २०७५ शुक्रबार १९:२७:४५ | मदन ठाकुर
unn.prixa.net

रौतहट – अख्यिार दुरुपयोग अनुसन्धान आयोग हेटाैैंडाको टोलीले ४५ हजार रुपैयाँ घुससहित जिल्ला प्राविधिक कार्यालय रौतहटका इन्जिनियर अजयकुमार ठाकुरलाई शुक्रवार नियन्त्रणमा लिएको छ ।

फतुवा विजयपुर नगरपालिका वडा नम्बर-९ लक्ष्मीनिया टोलमा रहेको आधारभूत प्राथमिक विद्यालयको कम्पाउण्ड वाल र त्यसै ठाउँमा निर्माणाधीन कृषि सडकको अन्तिम भुक्तानीको लागि बिल बनाउन कार्यालयका सब इन्जिनियर यादवले पटक पटक फोन गरेर रकम मागेका थिए ।

मागेजति रकम नदिएमा बिल नबनाउने कुराको अडियो रेकर्ड पिडितहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडामा उपलब्ध गराएका थिए ।
साथै, पीडितहरुले प्राविधिहरुलाई घुस दिने रकम समेत आयोगबाट उपलब्ध गराईदिन आग्रह गरेका थिए । 

पीडितहरुकाे आग्रहपछि आयोगको टोली गौर आएर रकम दिएर इन्जिनियर ठाकुरलाई दिन लगाएका थिए ।  इन्जिनियर ठाकुरले रकम लिएर गोजीमा राख्नेबित्तिकै उक्त टोलीले पक्राउ गरेका हुन् ।

पिडितहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा दिएको किटानी जाहेरीका आधारमा अख्तियारका शाखा अधिकृत तिर्थराज उपाध्यायको नेतृत्वको टोलीले ठाकुरलाई प्राविधिक कार्यालय गौरकै कार्यकक्षमा रंगेहात पक्राउ गरेका हुन् ।

। दशी प्रमाण सहित पक्राउ परेका इन्जिनियर ठाकुरलाई आवश्यक प्रक्रिया पूरा गरेर कारवाहीको लागि हेटौंडा तर्फ लैजाने तयारी भईरहेको उपाध्यायले बताउनुभयो ।

रकम माग गर्ने सब इन्जिनियर यादवलाई भने रकम दिँदा लिन नमानेको र त्यहाँबाट उम्किन सफल भएको जनाइएको छ । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया