जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
पाराग्वेलाई पेनाल्टीमा हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार बिहान भएको खेलमा ब्राजिलले १० खेलाडीमा झरेको पाराग्वेलाई पेनाल्टीमा ४–३ ले हरायो । गुस्ताभो गोमेज र डेर्लिस गोन्जालेजले पेनाल्टी मिस गर्दा पाराग्वेले सेमिफाइनलमा पुग्न मौका गुमायो ।
निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न सकेनन् । ५८औं मिनेटमा पाराग्वे १० खेलाडीमा झर्यो । फावियन बाल्बुयना रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा बाँकी ४० मिनेट पाराग्वेले १० खेलाडीमा खेलेको थियो ।
सुटआउटमा पाराग्वेका दुई खेलाडीले पेनाल्टी मिस गर्दा ब्राजिलका चार जना खेलाडीको प्रहार गोलमा परिणत भयो । ब्राजिलका विलियन, माक्र्युनोस, फिलिप कउटिन्हो र ग्याब्रियल जेससले गोल गर्दा रोबर्टो फिरमिनोको प्रहार मिस भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।