प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न : 'फोटोकपी' मन्त्रीलाई सम्हाल्नु हुन्छ कि 'लगाम' उपहार पठाऊँ ?

 असार २६, २०७६ बिहिबार १८:३८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै कांग्रेसको आलोचना गर्नुभयो । 

मन्त्री बाँस्कोटाले नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिलाई काखी च्यापेको दावी गर्दै कांग्रेसको दृष्टिकोण प्रस्ट नभएको बताउनुभएको थियो । मन्त्री बाँस्कोटाले हिंसाबारे कांग्रेसको धारणा पनि माग्नुभएको छ । 

मन्त्री बाँस्कोटाकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्वीट गर्नुभएको छ । प्रवक्ता शर्माले मन्त्री बाँस्कोटाको अराजनीतिक संस्कारको आलोचना गर्नुभएको छ । 

‘प्रधानमन्त्रीज्यू 'लगाम' उपहार पठाउँ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ? प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै प्रवक्ता शर्माले ट्वीट गर्नुभएको छ । 

सञ्चारमन्त्री बाँस्कोटाको प्रश्न: हिंसाबारे कांग्रेसको धारणा दिनभरि बीपी रातभरि विप्लव हो ?

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया