फ्राइडे रिलिज : आजदेखि ‘सानो मन’ प्रदर्शनमा

 असार २७, २०७६ शुक्रबार ९:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि नेपाली चलचित्र ‘सानो मन’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । 

सुरुवातमा यो चलचित्र असार २० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो  । तर, अन्तिम समयमा आएर प्रचारप्रसारका लागि समय अपुग भएको भन्दै एक हप्ता पछि सारिएको थियो ।  

चलचित्रमा  शिल्पा मास्के र आयुष्मान देशराज जोशीको प्रेम, रोमान्स र पीडा देखाइएको छ । दुई मुख्य पात्रको सम्बन्धमा आइपरेका उतार चढावलाई चलचित्रले चित्रण गरेको छ ।

चलचित्र ‘सानो मन’को निर्देशन सुयोग गुरुङले गरेका हुन् । शिल्पा र आयुष्मानका अलावा चलचित्रमा गौरी मल्ल, विशाल पहारी, रश्मी भट्ट, शिशिर वांदेल, सक्षमकृष्ण सुवेदीलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रको निर्माण राजेन्द्र श्रेष्ठ, राजिव श्रेष्ठ र योगेश गुरुङले संयुक्त रुपमा गरेका हुन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया